बाँकेमा कोरोनाबाट हालसम्ममा ५८७ जनाको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ५८७ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये २९५ जिल्लाभित्रका र २९२ जना अन्य जिल्लाबाट आएका छन् । 

आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रलेजनाएको छ । 

सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको हो। मृतकमध्ये बाँके र बर्दियाका दुई–दुईजना तथा कैलाली, सल्यान र रोल्पामा एक–एकजना छन् । 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १६:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया