स्वास्थ्यकर्मीलाई १ करोडको पुरस्कार

कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटिरहेका स्वास्थ्यकर्मीको सम्मानमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले १ करोड रुपैयाँ पुरस्कार दिने भएको हो ।

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १०० जना स्वास्थ्यकर्मीहरुलाई १ लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताए ।

कोरोना संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरु सहयोग गर्न अगाडि आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिति घिमिरेले जानकारी दिइन् । स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेसनले गर्नेछ । 
 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १८:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया