प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत कर्णाली प्रदेशका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमका दुई र सुर्खेतका एक जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २०८ र एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म कुल संक्रमित हुनेको संख्या २३ हजार ६०३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४४९ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये निको हुनेको संख्या १६ हजार ७१२ पुगेको छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।