रामकुमारीको प्रश्न : राष्ट्रपतिको पत्राचार समानान्तर सत्ताको अभ्यास कि धुमिल भएको छवि बचाउने प्रपञ्च ?

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई राष्ट्रपतिले पत्राचार गर्नुलाई समानान्तर सत्ताको अभ्यास त होइन भनेर प्रश्न गरेकी छिन् । 

राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक भएको यसका सम्पूर्ण क्रियाकलापलाई संविधानले सीमित गरेको उनले बताएकी छिन् । 

‘लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होईन ?’ सामाजिक सञ्जालमा उनले प्रश्न गरेकी छिन्, ‘कि धुमिल भएको छवि बचाउने प्रपञ्च हो ? प्रतिगमन पटक–पटक भोगेकै छौ नि होइन ?’





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार २०:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया