यी हुन् अन्तर्राष्ट्रिय उडान अनुमति पाएका ४ एयरलाइन्सका ३ गन्तव्य
सांकेतिक तस्बिर

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरेको नेपालले ३ वटा गन्तव्यका लागि उडान खुलाएको छ । सरकारले विभिन्न ४ वटा एयरलाइन्सलाई उडान अनुमति प्रदान गरेको हो । 

पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ४ वटा एयरलाइन्सका लागि सातामा ३ वटा गन्तव्यमा उडान अनुमति दिएको जनाएको छ । 

जसअनुसार दोहाका लागि नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले अनुमति पाएका छन् । यी दुवैले हरेक साताको सोमबार दोहा उडान गर्नेछन् । 

दिल्लीको लागि नेपाल एयरलाइन्स र एयर इन्डियाले उडान अनुमति पाएका छन् । राष्ट्रिय ध्वजावाहक हरेक बुधबार दिल्ली उडान भर्नेछ भने एयर इन्डियाले शुक्रबार उडान भर्नेछ । 

यता टर्कीको स्तानबुलका लागि भने टर्किस एयरले अनुमति पाएको छ । उसले हरेका सातको बिहीबार उडान भर्नेछ । 

सरकारले अनुमति दिएसँगै प्राधिकरणले जारी गरेको सूचनाअनुसार अनुमति पाएका सबै उडान जुन १ देखि जुन ३० सम्मका लागि हो । 



सरकारले चीनको लागि पनि उडान अनुमति दिएकोमा कुनै एयरलाइन्सले चीन उडानमा रुचि देखाएनन् । चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिने प्राधिकरणको तयारी छ ।



  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ७:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया