'चुरेका गिट्टी बालुवा बेचेर व्यापारघाटा हल हुन्छ ? बेरोजगारी हट्छ ?'
फरकधार / १९ जेठ, २०७८

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुरेका गिट्टी बालुवा बेचेर व्यापारघाटा कसरी कम हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत चुरे क्षेत्रबाट गिट्टी बालुवा बेच्दैमा राष्ट्रको व्यापारघाटा कम हुन्छ भन्ने प्रश्न गरेका हुन् । उनले यसबाट बेरोजगारी कम हुन्छ भन्ने प्रश्न पनि सोधेका छन् । 

अहिले नेपाली समाजको बजेट विमर्शको स्तर दयनीय रहेको पनि भट्टराईले बताएका छन् । उनले सोधेका छन्, 'अल्पविकास/बेरोजगारी/परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरण निम्ति संरचनात्मक परिवर्तनको एजेण्डा खोइ ?'

डा. भट्टराईले आजकल बजेटमा अलिकति तलबभत्ता वृद्धि भए सबै राम्रो हुने देखिएको बताए । उनले सोधेका छन्, 'अलिकति तलबभत्ता/सामाजिक सुरक्षाभत्ता बढाइदिए सबैको वाहवाही ?'

 

  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ८:५३:२१,   अन्तिम अपडेट : जेठ १९, २०७८ बुधबार ८:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया