चिठी लेख्न लगाएर प्रधानमन्त्रीले राष्ट्रपतिको बदनाम गराए : बराल

लुम्बिनी प्रदेशसभा सदस्य बरालले प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपतिलाई एकपछि अर्को गर्दै बदनाम गराइरहेको आरोप लगाएका छन्। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै बरालले यस्तो आरोप लगाएका हुन्। 

प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कारिन्दा बनाउँदै लगेको आरोप लगाए। 

'राष्ट्रपति संस्थालाई प्रधानमन्त्रीको कारिन्दा बनाइएको छ', उनले भने, 'पछिल्ला घटनाक्रमले राष्ट्रपतिलाई प्रधानमन्त्री कार्यालयको साधारण कर्मचारी बनाइँदै त छैन भन्ने आशंका बढाएको छ।'

प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप माग्ने नाममा रातारात चिठी लेख्न लगाएर बदनाम गराएको उनले बताए। '१७ हजार नेपालीको बलिदानीबाट स्थापित संस्थालाई बदनाम गर्न लाउने काम भएको छ। अहिले रातारात चिठी लेख्न लगाउने गतिविधि भइरहेको छ', उनले भने, 'राष्ट्रपति जस्तो संस्थालाई चिठी लेख्न लगाएर प्रधानमन्त्रीको कार्यालयले बदनाम गराउँदैछ।'

बरालले पछिल्लो समय राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप माग्दै विभिन्न राष्ट्र प्रमुखहरुलाई चिठी लेखेकी थिइन्। सेरेमोनियल राष्ट्रपतिले यसरी चिठी लेख्नु सरासर गलत कदम हुने तर्क उनको थियो। 





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १४:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया