यी स्टार खेलाडी जो युरो कपमा देखिने छैनन्

युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप सुरु हुन केही दिन मात्र बाँकी छ । कोरोना महामारीका कारण १ वर्ष पछाडि धकेलिएको प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म हुँदै छ ।

हरेक खेलाडीको सपना हुन्छ, आफ्नो देशको प्रतिनिधित्व गर्दै ठूला प्रतियोगिता खेल्ने । कुनै पनि प्रतियोगिता गुमाउनु खेलाडीका लागि निकै पिडादायी हुन्छ ।

यसपटकको युरो कपमा पनि विश्व खेलकुदमा नाम चलेका केही खेलाडीले प्रतियोगिता खेल्न नपाउने भएका छन् । लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका उनीहरु युरोकप खेल्नबाट वञ्चित भएका हुन् । 

यहाँ युरो कप गुमाउने पाँच स्टार खेलाडीको चर्चा गरिएको छ

सर्जियो रामोस (स्पेन)



केही दिनअघि स्पेनका प्रशिक्षक लुइस इनरिकेले नियमित कप्तान सिर्जियो रामोसविना नै युरो कपका लागि टोली घोषणा गरे ।

चोटका कारण लामो समयदेखि संघर्षरत रामोस लामो समयदेखि मैदान बाहिर रहे । उनी टिममा पर्ने आकलन गरिए पनि सफल हुन सकेनन् । 



ज्लाटन इब्राहिमोभिच (स्विडेन)

सन्यास लिएर करिब ५ वर्षपछि स्विडेनको राष्ट्रिय टिममा फर्किएका इब्रिहामोभिचको पनि युरो कप खेल्न सपना पूरा हुन सकेन । उनले घुँडाको चोटका कारण युरो गुमाउने भएका हुन् ।

 मार्क आन्द्रे टेर स्टेगन (जर्मन)

जर्मनका दोस्रो रोजाइका गोलरक्षक टार स्टेगन पनि यसपटकको युरो कपमा देखिने छैनन् । घुँडाको शल्यक्रिया गर्नुपर्ने भन्दै उनले आफ्नो नाम फिर्ता लिएका थिए ।
 
भर्जिल भान डाइक (नेदल्यान्ड)

डाइकका लागि यो सिजन सुखद् रहेन । सिजनको सुरुवातमै घुँडामा चोट लाग्दा मैदान बाहिर रहेका उनी युरो कपमा पनि देखिने छैनन् ।

फर्लान्ड मेन्डी (फ्रान्स)

युरो कप गुमाउने अर्को ठूलो नाम हो, फर्लान्ड मेन्डी । चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका मेन्डीले फ्रान्सका राष्ट्रिय टिममा समावेश गरिएको छैन ।

यीबाहेक स्पेनका युवा स्टार अन्सुमन फाती, ड्यानी कर्भजाल, इङ्ल्यान्डका मेसन ग्रिनउड, निक पोप, पोर्चुगलका पेड्रो नेटो, नेदरल्यान्डमा जस्पर सिलेसन, फ्रान्सका एन्थोनी मार्सियलजस्ता स्टार खेलाडीले पनि यसपटकको युरो कप गुमाउनेछन् ।

  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १७:४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया