सरकार जनताको स्वास्थ्यप्रति संवेदनशील : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार जनताको स्वास्थ्यमा संवेदनशील रहेकाले राष्ट्रपति स्तरबाट कोरोना खोपका लागि अन्तर्राष्ट्रिय पहलहरू भइरहेको बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले राष्ट्रपतिको तहबाट भ्याक्सिनका लागि कुटनीतिक पहल हुनु जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको प्रमाण भएको बताए । उनले उक्त काममा सफलताको कामना समेत गरेका छन् । 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीन, भारत, अमेरिका, रुसलगायतका राष्ट्रपतिलाई पत्र लेख्दै कोरोना खोप सहयोग गर्नका लागि आग्रह गरेकी थिइन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार ७:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया