सप्तरीमा करेन्ट लाग्दा एकको मृत्यु

 

सप्तरीमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको डाक्नेश्वरी नगरपालिका-३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको करेन्ट लागेर मृत्यु भएको हो । 

राय खेतमा तरकारी टिप्न गएकी थिइन् । सुंगुर तथा स्लालबाट बच्नका लागि खेतमा नांगो तार बिछ्याइएको थियो । सोही तारमा परी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

शव परीक्षणका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिह अस्पतालमा लगिएकाे छ ।
 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १५:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया