गण्डकीमा जनमोर्चाले कृष्ण थापालाई सांसदबाट हटायो, मुख्यमन्त्रीलाई समस्या

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई जनमोर्चा नेपालले सांसद पदबाट निष्कासित गरेको छ। यसअघि पार्टीबाट निष्कासित भएका उनलाई जनमोर्चाले सांसद पदबाट पनि हटाएको हो।

गण्डकी प्रदेशसभामा नयाँ सरकार गठनको समयमा पार्टी केन्द्रको निर्देशन नमानी एमालेलाई सहयोग गरेको भन्दै उनलाई राष्ट्रिय जनमोर्चाले सांसद पदबाट पनि हटाएको हो। 

 थापाले कांग्रेस-माओवादीको अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री बनेका थिए । जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले बिहीबार उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको हो।

पार्टीका केन्द्रीय महासचिव मनोज भट्ट र राजमो दलकी नेता पियारी थापाले उनको सांसद पद खारेजीका लागि संसद सचिवालयमा पत्र बुझाएका हुन्। 

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले बिहीबार १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिएका थिए। उनले थापाको प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिए। 

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ। प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद थिए अब २ जना मात्र रहेका छन्। यससँगै गण्डकीमा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत लिन गाह्रो हुने भएको छ। 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १६:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया