फेरि बढ्यो संक्रमण, निको हुने भन्दा थपिने धेरै, मृत्यु केही घट्यो

पछिल्लो २४ घण्टामा देशभर ६८२५  जना नयाँ संक्रमित थपिएका छन्। एन्टिजेन र पिसिआर परीक्षणमा ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ५६२ पिसिआर परीक्षण गरिएको छ । ३२११ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ८६ हजार ५०९ जना पुगेको छ।

२४ घण्टामा ५९०४ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ। 

अहिले देशभर सक्रिय  संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७६३० पुगेको छ। 



अघिल्लो दिनको तुलनामा आज मृत्यु हुनेको संख्या भने केही घटेको छ । बुधबार १०१ जनाको मृत्यु भएको थियो । 



  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १६:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया