केन्द्र सरकार प्रदेश २ लाई मरुभूमि बनाउने योजनामा रहेको मुख्यमन्त्री राउतको आरोप

संघीय सरकारले बजेट वक्तव्यमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निकासीको नीति प्रदेश नम्बर २ लाई मरुभूमि बनाउने योजनास्वरुप आएको प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् ।  

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले सरकारको यस्तो अदूरदर्शी निर्णयले देशकै अन्न भण्डारको रुपमा रहेको भू–भाग मरुभूमीकरण भई जनता बिचल्लीमा पर्ने निश्चित रहेको बताएका छन् ।  

नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा ‘वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु’ उल्लेख गरेको छ । 

बजेको सो बुँदाप्रति प्रदेश सरकारको गम्भीर ध्यानकर्षण भएको भन्दै मुख्यमन्त्री राउतले आपत्ति जनाएका हुन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १७:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया