सरकारका जाने तर्खरमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
ओली नेतृत्वको सरकारमा मिसिने निर्णय गरिसकेका ठाकुर, महतो, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्णसहितका नेताहरु प्रधानमन्त्री ओलीसँग सरकारको भावी रणनीतिबारे छलफल गर्न बालुवाटार छिरेका हुन्।
प्रधानमन्त्री ओलीले जसपाको ठाकुर समूहलाई आठवटा मन्त्रालय दिन भएका छन्। तर उनले गृह मन्त्रालय आफैं राख्ने योजना ठाकुरलाई सुनाइसकेका छन्। जसपाको ठाकुर समूहबाट राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरु मन्त्री बन्न तयारी अवस्थामा छन्।
सरकारमा जाने नजाने विषयलाई लिएर जसपा दुई समूहमा विभाजित भइसकेको छ। जसपाको ठाकुर समूह र उपेन्द्र यादव समूहको विवादले जसपा दुई चिरा भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।