वामदेवले फेरि भने : नेपालले पार्टी विभाजन गरे साथ दिन्छु
देउवालाई प्रधानमन्त्री बनाउन लागेकोमा भने असन्तुष्टि

नेकपा एमालेका नेता वामदेव गौतमले एमाले विभाजन भए माधव नेपाल पक्षलाई साथ दिने दोहोर्याएका छन् । गौतमले बिहीबारको एक भर्चुअल छलफलमा सो कुरा दोहोर्याएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नसकिने भन्दै गौतमले त्यसका लागि नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने बताएका छन् ।  

बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासँग भर्चुअल छलफल गरेका गौतमले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर ओलीले एकपछि अर्को गर्दै प्रतिगमन निम्त्याएकाले साथ दिन नसक्ने बताएका थिए । 

माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा रहेकामा भने उनले असन्तुष्टि जाहेर गरेका थिए । 

ओलीसँग सम्बन्ध विच्छेद गरेर तत्काल माओवादीसँग एकता गर्दा राम्रो सन्देश नजाने भन्दै उनले चुनावमा कार्यगत एकता गरेर जान भने सकिने सुझाब दिएका थिए । 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १९:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया