झापामा निषेधाज्ञा पाँचौपटक थपियो

जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार एक सूचना जारी गरी जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गर्न सुझाएको हो । 

वैशाख २२ गते मध्यरातिबाट सुरु गरिएको निषेधाज्ञा पाँचौपटक थप गरिएको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको छ । 

यसअघि औषधि पसलबाहेक अन्य पसल बन्द गरिएको थियो भने अब आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल, मासु तथा दूध डेरीका पसल खोल्न दिने निर्णय भएको छ । 

झापामा कोरोनाको दोस्रो लहरबाट १२२ जनाको मृत्यु भएको छ । जिल्लाभर अहिले ४ हजार ३२१ जना सक्रिय संक्रमित छन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार २०:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया