गायक हावा लामाको ‘ताङ्ला ङाला चु सेम’ मा अमिर र निर्मला

तामाङ चलचित्रका नायक तथा निर्देशक अमिर दोङ र नव मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।

सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ
गरेका हुन् । गीतमा चर्चित गायिका शशिकला मोक्तान र गायक हावा लामा दोङको स्वर रहेको छ ।

भिडियो सम्पादन तथा निर्देशन अमिर दोङले गरेका हुन् । सुमन तामाङले कलर र छायांकन, युद्ध लामाले कोरियाग्राफी र मिलन लामा दोङले ड्रोन छायाङ्कन गरेका हुन् ।

 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १२:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया