प्रदीप ज्ञवाली बाहिरिए, रघुवीर महासेठ परराष्ट्र मन्त्री
महासेठलाई उपप्रधानमन्त्रीको पनि जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रीबाट बिदा गरेका छन्। उनको स्थानमा ओलीले यसअघि विवादमा परेका रघुवीर महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्। 

ओलीले जसपाका आठ नयाँ मन्त्रीलाई स्वागत गर्दै एमालेबाट मन्त्री बनेका विष्णु पौडेल, लीलानाथ श्रेष्ठ, वसन्त नेम्बाङ र कृष्णगोपाल श्रेष्ठलाई मात्रै निरन्तरता दिएका छन्। 

यस्तो अन्य अधिकांश मन्त्रीहरु सरकारबाट बिदा भएका छन्। कोरोना खोपका लागि प्रभावकारी कूटनीतिक पहल चाहिएका बेला महासेठले परराष्ट्र मन्त्रालय सम्हाल्दैछन्। 

भारतसँग किनेको खोप पनि दिन अस्वीकार गरिरहेका बेला महासेठको आगमनलाई अर्थपूर्ण मानिएको छ। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री महासेठ २०७५ चैतमा ओली सरकारबाट बिदा भएका थिए। 

महासेठले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय सम्हाल्दा सडक अव्यवस्था हट्ला, यातायातको सिन्डिकेट अन्त्य हुने ठानिएको थियो। तर तत्कालीन गृहमन्त्री रामबहादुर थापाले यातायातको सिन्डिकेट हटाउने कदम चाल्दा उनी विपक्षमा उभिएका थिए। 

तर महासेठले सिन्डिकेट वाला यातायात व्यवसायीलाई ढाडस दिएका थिए। यातायात क्षेत्र आफू नेतृत्वको मन्त्रालय अन्तर्गत आउने भन्दै गृहमन्त्रीलाई हस्तक्षेप नगर्न समेत भनेका थिए। उनको यो निर्णयले सरकारको आलोचना भयो। त्यसपछि उनी पदबाट बाहिरिएका थिए। 





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १९:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया