कोरोना खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्री जोनसनलाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सघाउनका लागि बेलायतलाई आग्रह गरेका छन् । ओलीले बेलायतसँग कोरोना खोपको अपेक्षा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

बिबिसीको विश्व सेवासँग अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री अ‍ोलीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग कोरोना खोपको सहयोग मागेका हुन् । ओलीले शुक्रबार बिबिसीको अंग्रेजी, हिन्दी र नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सहयोगको अपिल गरेका हुन् । 

बेलायती सैनिकका रुपमा नेपाली युवाहरुले दिएको योगदान र गोर्खा सैनिकको सम्मानका लागि पनि बेलायतले नेपाललाई कोभिड एडको प्राथमिकतामा राख्नुपर्ने बताए । 

प्रधानमन्त्री ओलीले आफूले बेलायतलाई, खास गरी प्रधानमन्त्री बोरिस जोनसनलाई नेपालमा अहिले कोरोना संक्रमणको अवस्थाका विषयमा जानकारी गराउन चाहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले भनेका छन्, 'हामीले अहिले जनतालाई कोरोना खोप लगाउन सक्यौँ भने कोरोना नियन्त्रण गर्न सहज हुनेछ । अन्यथा परिस्थिति अझ खराब बन्दै जानसक्छ ।'

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिबिसीका तीनवटै सेवासँग एकैपटक अन्तर्वार्ता दिँदै नेपालमा कोरोनाको अवस्था, नियन्त्रणको प्रयास र आवश्यकताका विषयमा चर्चा गरेका थिए ।





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १२:३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया