महतोले फेरि भने : नेपालमा बहुल राज्य हुन आवश्यक छ
पार्टीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन

शुक्रबार मात्रै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पुनः विवादास्पद अभिव्यक्ति दिएका छन् ।

जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा शनिबार बोल्दै उनले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका हुन् । 

शुक्रबार मन्त्री बनेलगत्तै सञ्चारकर्मीलाई दिएको प्रतिक्रियाका क्रममा पनि उनले बहुल राज्य आवश्यक रहेको बताएका थिए । उनको अभिव्यक्तिको सर्वत्र निन्दा भइरहँदा शनिबार उनले सोही कुरा दोहोर्याएका हुन् । 

उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए । एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै महतोले बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए । 

रेशम चौधरीको रिहाइको विषयलाई आफूले ध्यानमा राखेको भन्दै​ मन्त्री महतोले सर्वोच्चले उनको मुद्दा टुंगो लगाएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए । 





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १६:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया