नेकपा एमालेको माधवकुमार नेपाल समूहका १४ जना नेताहरुले हिजो मात्रै उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेका छन्।
माधव नेपाल, झलनाथ खनालसहित १४ जना नेताहरुले आइतवार विज्ञप्ति निकालेर महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्दै दिएको अभिव्यक्तिको निन्दा गर्दै त्यस्तो कुरा कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने बताएका छन्।
'प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई दोहोर्याई यसका लागि कथित मुक्ति सङ्ग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ', उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्।
महतोको यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ विरूद्ध रहेको पनि उनीहरुले बताएका छन्। 'महतोको यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो', भन्ने व्यवस्थाविरुद्ध छ', उनीहरुले भनेका छन्, 'यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्छ।'
प्रेस वक्तव्य
मिति :जेष्ठ २२, २०७८
प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति सङ्ग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता
विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ । यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।
स्थायी कमिटी सदस्यहरु :-
क. झलनाथ खनाल
क. माधव कुमार नेपाल
क. युवराज ज्ञवाली
क. अष्टलक्ष्मी शाक्य
क. भीम रावल
क. घनश्याम भुसाल
क. भीम आचार्य
क. गोकर्ण बिष्ट
क. योगेश भट्टराई
क. सुरेन्द्र पाण्डे
क. मुकुन्द न्यौपाने
क. रघुजी पन्त
क. बेदुराम भुसाल
क. अमृत कुमार बोहरा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।