ओलीकै कार्यकर्ता पनि महतोले दिएको अभिव्यक्तिको विरोधमा उत्रिए

सत्तारुढ नेकपा एमालेनिकट अनेरास्ववियुका अध्यक्ष ऐन महर पनि उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधान विरोधी अभिव्यक्तिको विरोधमा उत्रिएका छन्। प्रधानमन्त्री केपी ओलीनिकट उनले महतोले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्ति दिएको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उपप्रधानमन्त्री महतोबाट संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन्। 

‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ अध्यक्ष महरले भनेका छन्,‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ। उक्त राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन, अविलम्ब फिर्ता लिन आग्रह गर्दछु।’

महतोको अभिव्यक्तिलाई लिएर एमालेकै माधवकुमार नेपाल पक्ष खुलेर विरोधमा उत्रिएको छ। नेपाल पक्षका विद्यार्थी नेताहरुले आज महतोको पुत्ला पनि जलाएका छन्। यसैबीच माधव नेपालसहित १४ नेताले विज्ञप्ति निकालेर महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्। 





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार २०:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया