नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले विरोध जनाएका छन्।
नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’भनेर महतोले दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल भएको बताएका हुन्।
‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,’ नेता कँडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्। ्
एमालेनिकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले पनि उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधान विरोधी अभिव्यक्तिको विरोधमा गरेका छन्। प्रधानमन्त्री केपी ओलीनिकट उनले महतोले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्ति दिएको बताएका थिए।
महतोको अभिव्यक्तिलाई लिएर एमालेकै माधवकुमार नेपाल पक्ष खुलेर विरोधमा उत्रिएको छ। नेपाल पक्षका विद्यार्थी नेताहरुले आज महतोको पुत्ला पनि जलाएका छन्। यसैबीच माधव नेपालसहित १४ नेताले विज्ञप्ति निकालेर महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।