राजेन्द्र महतोको आजको नीति हिजो माओवादीले बोकेको थियो : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री राजेन्द्र महतोले पनि एक दिन‘बहुल राष्ट्रिय राज्य'को नीति त्याग्ने बताएका छन्। 

जनता समाजवादी पार्टीका कतिपय नीतिहरूसँग नेकपा एमालेको हिजो पनि र आज पनि उत्तिकै बिमति रहेको उनले बताएका छन्। 'जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै', उनले भनेका छन्।'

मुख्यमन्त्री पोखरेलले आज राजेन्द्र महतोले उठाइरहेको ‘बहुल राष्ट्रिय राज्यको स्थापना'को कुरा हिजो माओवादीले बोकेर हिँडेको उनले दाबी गरे। 'आज जुन कुराको (राजेन्द्र महतोले उठाएको बहुल राष्ट्रिय राज्य) तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो', उनले भनेका छन्, 'आज माओवादी केन्द्रको उक्त नीति बदलिएको छ।'

जसपाले पनि समय आएपछि त्यो नीति बदल्ने उनले बताए। 'माओवादीले त त्यो नीति छाड्यो भने जसपाको पनि अवश्य बदलिनेछ', उनले थपेका छन्, 'तर राष्ट्र र राज्यकाबारे हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ।'



स्मरणीय कुरा के छ भने हिजो संविधान विभेदकारी भयो भन्दै जलाएका राजेन्द्र महतो आज त्यसैलाई स्वीकार्दै उपप्रधानमन्त्री भएका छन्। उनले हिजो पदभार ग्रहणका क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’बताएपछि राजनीति तातेको छ। 



 

 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार २२:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया