सिरहामा एकजना मेडिकल व्यावसायीमाथि गोली प्रहार

सिरहामा शनिबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एकजना मेडिकल व्यावसायी घाइते भएका छन् । गोली लागेर घाइते हुनेमा मिर्चैया नगरपालिका-६ बस्ने सिद्धि मेडिकल हलका सञ्चालक रामसागर साफी हुन्।

मिर्चैया नगरपालिकास्थित मिर्चैया थाना चोकमा उनीमाथि शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घाइते व्यवसायी साफीको तिघ्रा र खुट्टामा गोली लागेको छ। उनको अहिले स्थानीय मंगलम अस्पतालमा उपचार भइरहेको छ। यता गोली हान्नुको कारण र संलग्न समूहबारे खोजी र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार २२:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया