'राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔँ'

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनका लागि आह्वान गरेका छन् । 

नेता शर्माले सामाजिक सञ्जालमार्फत देश र राष्ट्रिय स्वाधीनता जोगाउनका लागि अहिले सबैजना एकजुट हुनुपर्ने देखिएको भन्दै यस्तो आह्वान गरेका हुन् । 

राष्ट्रिय अखण्डतामाथि हमला गर्ने तत्वहरुलाई सहयोग पुग्ने गरी विभिन्न गतिविधि भइरहेको भन्दै शर्माले सबै एकजुट भएर रक्षार्थ लाग्नुपर्ने बताए । 

शर्माले बारम्बार संविधान माथी प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको कुराबाट राष्ट्रियतामाथि प्रहार भइरहेको पुष्टि भएको बताए । शमाले आह्वान गरेका छन्, 'राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔँ ।'

 





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार ९:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया