ईश्वरको ३ वर्षे वासलात : साढे चार लाख कोभिड कोषमा, ६ लाख पार्टीलाई

सत्तारुढ नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू पार्टी काममा केन्द्रित हुनुपर्ने भएकाले सरकारको जिम्मेवारीबाट बाहिर आएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत सबै सहयोगीहरुलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् । 

पोखरेलले ३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा आफूले गरेका कामहरुको संक्षिप्त समीक्षासहित सहयोगी सबैलाई धन्यवाद दिएका छन् । उनले अब आफू पार्टी काममा केन्द्रित हुने बताएका छन् । 

पोखरेलले आफूले सरकारमा रहेको समयमा पाएको सेवा सुबिधा र त्यसबापत सम्बन्धित निकायलाई बुझाउनु पर्ने हिसाबकिताब बुझाइसकेको बताएका छन् । 

पोखरेलले आफू उपप्रधानमन्त्री रहेको समयमा सरकारले खडा गरेको कोभिड कोषमा ४ लाख ५६ हजार ४०० र पार्टी कोषमा ६ लाख ५ हजार रुपैयाँ बुझाएको बताएका छन् । 

 





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार ११:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया