अग्नि खरेलको बहस : न्यायाधीश केसी र श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो
सोधे : प्रधानन्यायाधीशलाई के कुराले अफ्ठ्यारो पारिदियो?

वरिष्ठ अधिवक्ता अग्नि खरेलले यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्‍ठामाथि प्रश्न उठाइएको भन्दै आपत्ति प्रकट गरेका छन्। 

पूर्व महान्यायाधिवक्ता खरेलले आज संवैधानिक इजालसमा सरकार पक्षको वकिलका रूपमा बहस गर्दै संवैधानिक इजालसमा रहेका न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। 

'यसअघि संवैधानिक इजलासका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्‍ठामाथि प्रश्न उठाउनु गलत थियो', उनले भने, 'उहाँहरुले इजलासमा बस्न तयार छौं भन्दा पनि संवैधानिक इजलासमा किन पर्नु भएन? त्यस्तो के कारणले उहाँहरु अटाउनु भएन?'

खरेलले पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीले बस्दिनँ भनेर आफूखुसी छाड्दा हुने तर बस्न तयार न्यायाधीशलाई हटाउनुको कारणबारे प्रश्न उठाए। 

'न्यायाधीशद्वय भट्टराई र कार्कीले उठाएको कुराको न्यायिक हैसियत के छ? उहाँहरुको राय कागज हो कि आदेश हो?', खरेलले भने, 'हरिकृष्ण कार्की श्रीमानले इजलासमा बस्दिनँ भन्दा चाहिँ मान्ने तर केसी र  श्रेष्ठले बस्छु भन्दा भन्दै हटाइनुको कारण चाहिँ के हो? उहाँहरुले इजलासमा बस्नु नपर्ने कारण छैन भनेको आदेश किन कार्यान्वयन भएन? प्रधानन्यायाधीशलाई यसले के अफ्ठ्यारो पारिदियो?' 

खरेलले एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई प्रश्न उठाएको विषयमा पनि आफ्नो तर्क राखे। 'एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई प्रश्न उठाउन मिल्छ? मैले हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन वा तैंले नहेर भनेर आदेश गर्न मिल्छ?', उनले भने, 'अमुक अमुक न्यायाधीशको इजलास गठन भए मिल्ने, अरुको नमिल्ने हो? कार्की र भट्टराई श्रीमानले यो संरचना रहेसम्म इजलासमा बस्दैनौँ भन्नुभयो, यस्तो भन्‍न हुन्थ्यो र ?'



उनले प्रश्न नै नउठेका न्यायाधीशहरु अघि सरेर विवाद झिकेको आरोप पनि लगाए। 'प्रश्न नउठेका श्रीमान् आफैँ अगाडि सरेर यसो भन्न हुन्थ्यो?', उनले भ ने, 'हरिकृष्ण कार्कीले लेखेको कुरामा प्रधानन्यायाधीशको हस्ताक्षर थियो । अहिले के गाह्रो भयो श्रीमानलाई?



  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १४:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया