पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना रहेका छन् ।
यसै गरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ९९ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।