पाल्पामा थप निषेधाज्ञा जारी
फरकधार / २३ जेठ, २०७८

पाल्पामा थप निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन समितिकाे बैठकले निषेधाज्ञा जेठ मसान्तसम्म जारी गर्ने निर्णय गरेको हो ।

जिल्लामा संक्रमितको संख्यामा कमी नआएको हुनाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । 

खाद्यवस्तु, दुग्ध पदार्थ, तरकारी, फलफूल लगायतका अत्यावश्यक सामग्रीका पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुल्नेछन् । 
औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घन्टा उपलब्ध हुनेछ ।

बैठकले वाणिज्य बैंक तथा विकास बैंक बिहान ७ बजेदेनि १० बजेसम्म खोल्ने निर्णय गरेको छ । अन्य वित्तीय संस्था भने पूर्ण रूपमा बन्द हुनेछन् ।
 

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १८:१७:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया