योगेशको टिप्पणी : अध्यक्ष ओलीको कदम सकारात्मक, विवाद मिलाउने बाटो खुल्यो
फरकधार / २३ जेठ, २०७८

नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने घोषणा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। 



प्रधानमन्त्रीसमेत रहेका ओलीले आइतवार राति दुई पृष्ठ लामो ६ बुँदे वक्तव्यमार्फत पार्टी एकता बचाउन गरेको घोषणालाई भट्टराईले सकारात्मक भनेका हुन्। 

उनले अब जेठ २ मा गठित कार्यदलले विवादका विषय समाधान गर्ने बाटो खुलेको पनि बताएका छन् । भट्टराईले ओलीको घोषणाले नेतृत्वबीच सार्थक संवाद हुने विश्वास जनाउँदै एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गरेको जनाएका छन्। 

उनले अब थप कुराहरु कार्यदलले स्पष्ट पार्दै अघि बढ्ने पनि बताएका छन्। 'पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप बिषयलाई समाधान गर्ने छ', उनले भनेका छन्, 'सर्वोच्चमा विचाराधीन बिषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकता खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ।'



 

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार २२:२८:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया