भीम आचार्यको नजरमा पार्टी एकताका लागि आवश्यक चार कुरा

सत्तारुढ नेकपा एमालेका नेता भीम आचार्यले पार्टी एकताका लागि अत्यावश्यक रहेको भन्दै विभिन्न चार बुँदा सार्वजनिक गरेका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत एकताका लागि आवश्यक बुँदाहरु सार्वजनिक गरेका हुन् । 

पार्टी एकता गम्भीर संकटमा परेको भन्दै नेता आचार्यले देश कै प्रमुख पार्टी भित्रको विवाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धीहरु संकटमा परेका बताएका छन् । 

एमाले विवादमा खनाल-नेपाल समूहमा रहेका आचार्यले पार्टी एकताका लागि आवश्यक भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको भन्दा फरक ४ वटा बुँदाहरु उल्लेख गरेका छन् । 

आचार्यको पहिलो बुँदामा छ, २०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबैखाले गुटगत निर्णयहरु खारेज गरी महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रक्रियाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्ने ।

दोस्रोमा छ, क. केपी ओली, क. झलनाथ खनाल, क. माधव नेपाल, क. वामदेव गौतम र क. अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने ।

तेस्रोमा छ, नेताहरुले अहंकार, घमण्ड, चरम महत्वाकांक्षा, ईर्ष्या, लघुताभाष र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउँदै परिवर्तनकारी शक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने ।



र, आचार्यले चौथो बुँदामा लेखेका छन्,  पार्टीलाई सामूहिक नेतृत्व, नीतिको मार्गदर्शन र विधिको व्यवस्था अनुरुप संचालन गर्ने ।



 

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार ८:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया