राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका अन्य दुई अध्यक्षको कार्यशैली र क्रियाशीलतालाई लिएर रथ र घोडाको उदाहरण दिएका छन् । उनले पार्टीका अन्य दुई अध्यक्षमाथि कटाक्ष पनि गरेका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीमाथि शब्द वाण हानेका हुन् । एकताको समयमा धेरै अध्यक्ष हुँदा पार्टीले गति नलिने शंका लागेको पनि उनले बताए ।
थापाले धेरै घोडाले तानेको रथले गति नलिने थाहा हुँदाहुँदै तीव्र गति नलिएपनि सामान्य गतिमा हिँड्ने विश्वासमा पार्टी एकता गरिएको तर गतिहीन होला भन्ने नसोचिएको बताए ।
थापाले लेखेका छन्, 'दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नबुझेको होइन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो । गतिहीन नै होला भन्ने सोचिएन ।'
अध्यक्ष थापाले आफू दुई अध्यक्ष बीचमा च्यापिएको र आफ्नो गति पनि लिन नसकेको उल्लेख गरेका छन् । थापा लेख्छन्, 'दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।'
दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्रगति लिन सक्दैन।यो नैसर्गिक सत्य हो।यो सत्य नवुझेको होईन,तर तिव्रगति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो।गतिहिन नै होला भन्ने सोचिएन।
— Kamal Thapa (@KTnepal) June 7, 2021
दुई अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला?च्यापिएर थलापर्न बेर छैन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।