असार १ बाट विद्यालयस्तरीय कक्षा सञ्चलन

सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।

यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्मासँग आगामी शैक्षिक सत्र कसरी सञ्चालन हुन्छ कस्तो व्यवस्था गरिएको छ भनी सोधिएको प्रश्नमा प्रवक्ता शर्माले विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकाले भौतिक रूपमा पठन-पाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए ।

विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकून् भन्ने मन्त्रालयको निष्कर्ष रहेको । विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरी व्यवस्था मिलाउने प्रवक्ता शर्माले बताए ।





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १२:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया