कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सोमबारबाट सुरु हुँदैछ । दिउँसो २ बजेदेखि सुरु हुँदै आठौं तथा बर्खे अधिवेशन आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा केन्द्रित रहनेछ ।

बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान पत्र पढेर सुनाउने, संसदमा गराउनुपर्ने अरू जानकारी गराउने र संसदीय दलका नेताहरूले धारणा राख्ने कार्यसूची रहेको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथि छलफल हुने बताए ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार एक गते अनिवार्य रूपमा बजेट, नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्ब बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष ३३ अर्बभन्दा बढी बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष केही कम मात्रामा बजेट ल्याउन लागेको हो । केन्द्र सरकारबाट केही कम अनुदान आउँदा प्रदेश सरकारको बजेटको आकार घट्न लागेको हो ।





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १३:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया