'ओली राष्ट्रवादको लँगौटी खुस्कियो, विखण्डनकारीको मतियार बने'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादको लँगौटी खुस्किसकेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै उनले यस्तो बताएका हुन्। 'सत्ता होइन व्यवस्थालाई महत्त्व दिऊँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी शर्मा ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेस नै डुबाउने खेल गरे', उनले भने, 'साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने अभियानमा लागेका छन्।'

उनले जनता समाजवादी पार्टीका नेता एवम् उपप्रधानमन्त्री राजेन्द्र महतोले उठाएको 'बहुल राष्ट्र आन्दोलन'ले ओलीको लँगौटी खुस्किसकेको बताएका छन्। 'बहुल राष्ट्र मुक्तिसंग्राम गर्न' सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लँगौटी खुस्किसकेको थाहै पाएनछन्', उनले भनेका छन्, 'ओली राष्ट्रवादको लँगौटी विखण्डनको पगरी बनिसकेछन्।'





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १३:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया