प्रदेश २ मा आजबाट बजेट अधिवेशन : पूर्वराजपाका सांसदहरू बैठकमा उपस्थित नहुने

प्रदेश २ सरकारले प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै सोमबारबाट बजेट अधिवेशन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

बैठकको प्रारम्भमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि-बजेटको डकुमेन्ट टेबुल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रि-बजेट छलफलपछि संसदमा प्रस्तुत हुने छ ।

प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश सभामा प्रदेश प्रमुख राजेश झा अहिराजले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

नीति तथा कार्यक्रम पछि प्रि-बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको संसद सचिवालय स्रोतले जनाएको छ ।



यसैबीच आजको बैठकमा पूर्व राजपाका सांसदहरू उपस्थित नहुने बताइएको छ । पार्टीको आन्तरिक निर्देशनानुसार आजको बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्य परमेश्वर साहले बताए ।



  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १४:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया