हस्ताक्षर फिर्ता नहुने आश्वासन दिन देउवा निवास पुगे नेपाल र दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका छन् । देशको पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनका तीन शीर्ष नेता छलफलमा जुटेका हुन् । 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका थिए । सोही आशंका मेट्न दाहाल र नेपाल देउवानिवास पुगेको बताइएको छ । 

नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले हस्ताक्षर फिर्ता नहुने, बरु ओलीले विघटनको निर्णय फिर्ता लिनुपर्ने प्रस्ताव गरेको छ । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल–नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १७:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया