खाली हुँदै अस्पतालका बेड, आइसियू,भेन्टिलेटरलाई अझै मुस्किल

पछिल्ला दिनका तथ्यांकले देशमा कोरोना संक्रमण घटिरहेको कोरोना देखाइरहेको छ। कोरोना संक्रमण घटेको कुरा काठमाडौंका अस्पतालको अवस्थाले पनि पुष्टि गरिरहेको छ। 

संक्रमण घटिरहँदा काठमाडौँ उपत्यकाका निजी अस्पताल तथा सरकारी अस्पतालमा सहज अवस्था बन्दै गरेको छ। 

पछिल्लो २४ घण्टाको तथ्याङ हेर्ने हो भने १७ हजार ९०३ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमा ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै संक्रमण मुक्त हुनेको संख्या ६ हजार ९५१ जना रहेका छन्। त्यस्तै कुनै बेला २५० को हाराहारीमा रहेको मृत्युको संख्या अहिले दैनिक १०० हाराहारीमा आएको छ।  

मेडिसिटीमा आइसियू, भेन्टिलेटर पनि खाली

पछिल्लो समय काठमाडौंका निजी अस्पतालहरु मध्ये सबैभन्दा धेरै कोरोनाका सिकिस्त बिरामी राख्ने अस्पताल ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल हो।  अहिले मेडीसिटी पनि आइसियू, भेन्टिलेटर बेडहरु खाली हुन थालेका छन्।  

सोमबार दिउँसोसम्म मेडीसिटी अस्पतालमा ७८ जना संक्रमित बिरामीको उपचार भइरहेको छ। मेडिसिटीमा हाल दैनिक ४ देखि ५ वटासम्म आइसियू तथा भेन्टिलेटर खाली हुने गरेको अस्पतालका जेनेरल म्यानेजर विजय रिमालले जानकारी दिए। 



‘यताउता गरेर हाल दैनिक ४÷५ वटा आइसियू, भेन्टिलेटर खाली भइरहेका छन्। अहिले सिकिस्त भई कसैलाई आइसियु चाहिएको खण्डमा व्यवस्थापन गर्न सकिन्छ’ रिमालले भने। अहिले अस्पतालमा बिरामीको उपचारका लागि कुनैसमस्या नरहेको उनले बताए। 

उनका अनुसार अहिले मेडीसिटीमा जेनेरल बेडमा पनि संक्रमित बिरामी थप्नसक्ने अवस्था रहेको रिमालले जानकारी दिए।



यो अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप थेगिनक्नु थियो।  नयाँ बिरामीका लागि आइसियू, भेन्टिलेटर पाउने अवस्था थिएन। बिरामीलाई दिने अक्सिजनको समेत कमी हुने गरेको थियो।अहिले त्यो अवस्था नरहेको अस्पतालका जेनेरल म्यानेजर रिमाल बताउँछन्।

सशस्त्रमा पनि सहज हुँदै 

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा हाल बिरामीको चाप निकै घटेको छ। सामान्य बेड खाली भए पनि आइसियू बेड भने सहज भइ नसकेको अस्पतालका सुचना अधिकृत डाक्टर प्रविन नेपाल बताउँछन्। 

‘अहिले अवस्था निकै सुध्रिएको छ। सामान्य आइसोलेसन बेडहरु खाली छन्। बाहिरबाट आउने बिरामीको लागि त आइसियू व्यवस्थापन गन गाह्रै होला तर अस्पताल भित्रका बिरामीलाई भने अवस्था सहज छ’  नेपालले भने। संक्रमणदर कम हुँदै गर्दा बिरामीको संख्या पनि घटेको उनले बताए।  अब विस्तारै सबै कुराहरु सामान्य हुँदै जाने र वातावरण पनि हुने विश्वास नेपालले व्यक्त गरे। 

‘पहिले भन्दा अवस्था निकै सुध्रिएको छ। प्रेसर पनि निकै कम भएको छ’ उनी भन्छन्।

टेकुमा बेड खाली, आइसियू छैन 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अवस्था सहज हुन थालेको छ।  संक्रमण उच्च विन्दुमा हुँदा टेकु अस्पतालका पेटी, बरण्डासमेत बिरामीले  भरिएका थिए। 

अहिले सामान्य बेडहरु खाली हुन थालेको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिए।  नेपालमा संक्रमण सुरु भएदेखि सबैभन्दा पहिला यसको उपचार गर्ने अस्पताल टेकु अस्पताल हो। अहिले पनि संक्रमितको उपचारमा टेकु अस्पतालको अग्रणी भूमिका छ। 

सोमबार दिउँसोसम्म टेकुमा रहेका २८ वटा आइसियु बेड प्याक छन। ४० सामान्य बेडमा रहेकोमा बिरामी ३५ जना मात्रै रहेको सूचना अधिकृत गौतमले जानकारी दिए। त्यस्तै १० जना बिरामी क्षमता भएको क्याबिनमा ६ जना छन्। 

टेकुमा पछिल्लो समय कोरोना विशेष भनेर बनाइएको अब्जरभेसन वार्डमा पनि जम्मा ११ जना मात्रै बिरामी रहेका छन्। ३७ बेड भएको अब्जरभेसन वार्डमा २६ बेड खाली छन्। टेकु अस्पतालमा अहिले ८० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 

‘अस्पतालमा हाल सबै कुरा सहज भइरहेको  छ’ गौतमले भने,  ‘अहिले औषधी, उपचारका साधनदेखि चिकित्सक व्यवस्थापनमा पनि सहज रहेको छ।’ 

उनका अनुसार संक्रमण घटेसँगै उपचारमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीले पनि राहत महसुस गरिरहेका छन्। 

शिक्षणमा बेड खाली, आइसियू, भेन्टिलेटर प्याक

त्रिवि शिक्षण अस्पतालमा पनि जेनेरल बेडमा थप बिरामी भर्ना गर्नसक्ने अवस्था छ। अहिले अस्पतालमा २०० जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार २०० जना मा ५५ जना आइसियूमा र  ३१ जना भेन्टिलेटरमा उपचाररत छन्। ‘अन्य बिरामी थप्न सकिने अवस्था छ तर आइसियू, भेन्टिलेटरमा भने बिरामी थप्ने अवस्था छैन’ निर्देशक काफ्ले भन्छन्। 

कोरोना संक्रमणदर कम हुँदै गर्दा जाँदा अस्पतालमा सहज वातावरण सिर्जना हुन थालेको उनको भनाइ छ।  काफ्लेले अब अवस्था यो भन्दा जटिलटतातर्फ नजाने, संक्रमण घट्दै गएर सहज बन्दै जाने विश्वास व्यक्त गरे। 

त्रिवि शिक्षण अस्पतालमा पनि जेनेरल बेडमा थप बिरामी भर्ना गर्नसक्ने अवस्था छ।अहिले अस्पतालमा २०० जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार २०० जना मा ५५ जना आइसियूमा र  ३१ जना भेन्टिलेटरमा उपचाररत छन्। ‘अन्य बिरामी थप्न सकिने अवस्था छ तर आइसियू, भेन्टिलेटरमा भने बिरामी थप्ने अवस्था छैन’ निर्देशक काफ्ले भन्छन्। 

कोरोना संक्रमणदर कम हुँदै गर्दा जाँदा अस्पतालमा सहज वातावरण सिर्जना हुन थालेको उनको भनाइ छ।  काफ्लेले अब अवस्था यो भन्दा जटिलटतातर्फ नजाने, संक्रमण घट्दै गएर सहज बन्दै जाने विश्वास व्यक्त गरे। 

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १८:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया