नोभेम्बरसम्म १८ वर्षमाथिका ८० करोड नागरिकलाई निशुल्क कोरोना खोप दिने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षमाथिका ८० करोड नागरिकलाई आगामी दीपावलीसम्म कोरोना भ्याक्सिन दिइसक्ने घोषणा गरेका छन्।

उनले सबै वयस्कलाई आगामी जुन २१ बाट निशुल्क कोरोना खोप दिने घोषणा गर्दै यसका लागि नागरिकले एक पैसो पनि खर्च गर्नु नपर्ने बताएका छन्। 

मोदीले आज आफ्ना कुरा देशवासीलाई राख्दै 'प्रधानमन्त्री गरिब कल्याण अन्न योजना', अन्तर्गत ८० करोड गरिब मानिसलाई दीपावली अर्थात नोभेम्बरसम्म निशुल्क खाद्यान्न दिने पनि घोषणा गरेका छन्।

कोरोनाको समयमा प्रधानमन्त्री मोदीले देशको नाममा सम्बोधन गरेको यो नवौँ पटक हो। उनले ४२ दिनपछि यो सम्बोधन गरेका हुन्। पछिल्लो पटक २० अप्रिलमा उनले सम्बोधन गरेका थिए। कोरोनाले देशको हालत बिग्रिएपछि उनी मौन थिए। 

'राज्य सरकारसँग कोरोना भ्याक्सिनसँग जोडिएका २५ प्रतिशत जिम्मेवारी थिए', उनले भनेका छन्, 'अब त्यो जिम्मेवारी पनि केन्द्र सरकारले उठाउनेछ। यो व्यवस्था दुई सातामा लागु हुनेछ। योग दिवस अर्थात् २१ जुनदेखि सबै राज्यमा १८ वर्षमाथिका नागरिकलाई केन्द्र सरकारले निशुल्क भ्याक्सिन दिनेछ। ७५ प्रतिशत  भ्याक्सिन केन्द्र सरकारले किनेर राज्य सरकारलाई दिनेछ।'

देशमा २५ प्रतिशत भ्याक्सिन निजी अस्पतालले लगाउने अधिकार दिइएको छ। भ्याक्सिनको मूल्यमा नियन्त्रणका लागि निजी अस्पतालले एक डोजको १५० रुपैयाँ भन्दा उठाउन पाउने छैनन्। यसको निगरानीको अधिकार राज्य सरकारलाई दिइएको छ।





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १९:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया