हाल देशमा पश्चिमी–पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जनाएको छ।
महाशाखाका अनुसार अहिले बिहान देशका केही पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । अन्य स्थानमा मौसम सफा छ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।