चीनमा ३ वर्षमाथिका बालबालिकालाई कोभिडविरुद्धको भ्याक्सिनलाई अनुमति दिएको छ।
त्यहाँको स्वास्थ्य विभागले सिनोभ्याक्य बायोटेकले निर्माण गरेको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरेको हो ।
यसअघि १८ वर्षभन्दा माथिकालाई मात्र भ्याक्सिन लगाउन अनुमति प्राप्त थियो । बैंकक पोस्टका अनुसार सिंगापुर हङकङ र अमेरिकामा १२ वर्ष माथिकालाई भ्याक्सिन लगाउन थालिसकिएको छ।
३ वर्षदेखि माथिका लागि अनुमति पाएको यो भ्याक्सिनको असरबारे अनुसन्धान के कति भए भन्नेबारे भने त्यति स्पष्ट छैन।
सिनोभ्याकका सिइयो यिन वाइदोङले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको दाबी गरेका छन्।
यो खोप कहिलेबाट लगाउने भन्नेबारेमा भने कुनै स्पष्ट भइसकेको छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।