वुहानको ल्याबबाटै कोरोना भाइरस चुहिएको अमेरिकाको ठोकुवा

पछिल्ला दिनमा कोरोना भाइरसको उत्पतिस्थललाई लिएर बहस भइरहेका बेला अमेरिकाले चीनमाथि अर्को आरोप लगाएको छ। अमेरिकाको एउटा ल्याबले विश्वले शंका गरिरहेको चीनको ोुहानबाटै कोरोना फैलिएको ठोकुवा गरेको हो। 

उक्त अमेरिकी ल्याबका अनुसार चीनबाट फैलिएर कोरोनाले पछिल्लो डेढ वर्षयता विश्वभर आतंक मच्चाइरहेको छ। कोरोना महामारीबाट अहिलेसम्म विश्वभर करोडौँ मानिस संक्रमित भइसकेका छन्। यसबाट लाखौँ मानिसको ज्यान गइसकेको छ। 

तर अहिलेसम्म विश्वले कोरोनाको उत्पतिस्थलबारे ठोस जवाफ दिन सकिरहेको छैन। हालै मात्र अमेरिकामा गरिएको एक अध्ययनले कोरोना भाइरस चीनको वुहानको त्यही ल्याबमा बनेको दाबी गरेको हो। विश्वले उक्त ल्याबबाटै कोरोना फैलिएको बताइरहँदा अमेरिकाले यस्तो भनेको हो। अमेरिकी ल्याबको एक रिपोर्टले वुहानको ल्याबबाटै कोरोना फैलिएको कुरालाई मान्यता दिएको हो।

अमेरिकी सरकार कोरोना भाइरसलाई लिएर रिसर्च गरिरहेको छ। यसको रिपोर्टमा दाबी गरिए अनुसार कोरोना भाइरस चीनको वुहानस्थित त्यही ल्याबबाट चुहिएको सम्भावना अत्यधिक छ। साथै अब यसबारेमा अमेरिकाले थप जाँच गर्ने भएको छ।

अमेरिकी समाचार पत्र वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार यस अध्ययनलाई मे २०२० मा क्यालिफोर्नियामा लरेन्स लिवरमोर नेशनल लेबोरेटरीले रिसर्च थालेको थियो। अमेरिकी राष्ट्रपतिबाट डोनाल्ड  ट्रम्प हट्नु ठीक पहिले स्टेट डिपार्टमेन्टको तर्फबाट भाइरसको मूल स्रोतलाई लिएर जाँचको आदेश दिइएको थियो। लरेन्स लिवरमोरको मूल्यांकन कोभिड-19 भाइरसको जपनोमिक अध्ययनमा आधारित छ।

चीनमाथि दबाब



अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवनले  कोभिड-१९ को उत्पतिबारे जानकारी दिने र पारदर्शिता बनाइराख्न अन्तरराष्ट्रिय समुदायसँग मिलेर चीनमाथि दबाव बढाइराख्ने बताएका छन्। उनले यसका साथै अमेरिका आफ्नो तहमा यसबारे समीक्षा र अनुसन्धान प्रक्रियालाई अघि बढाइराख्ने रणनीतिमा रहेको बताए। 

उनले विश्व समुदायसँग मिलेर कोरोनाबारे थप पारदर्शी हुन र एकीन विवरणका लागि चीनमाथि दबाब जारी राख्ने बताए। उनले राष्ट्रपति जो बाइडनले पदभार सम्हालेपछि यस साता आफ्नो पहिलो विदेश यात्राका क्रममा विदेशका नेताहरुसँग भेट्नेछन्। यो पनि एक भ्रमणको एक विषय हुनेछ। 



  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १३:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया