आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लुम्बिनी प्रदेशसभा भवन पुगेका प्रदेश प्रमुख धर्मनाथ यादव लड्नबाट जोगिएका छन्। प्रहरीले अर्पण गरेको सलामी लिएपछि झर्ने क्रममा उनी लडेका थिए।
सलामी लिएर झर्ने क्रममा राखिएको तीन तले सानो भर्याङ चिप्लिएपछि यादवको एउटा खुट्टो मञ्चतिर र अर्को खुट्टो भुइँमा पुगेको थियो। दौरासुरुवाल लगाएर पुगेका उनलाई लड्दा लड्दै सुरक्षाकर्मीले समातेर जोगाएका छन्।
उनले आज लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा वाचन गर्दैछन्।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।