नेपालमा पछिल्लो २४ घण्टायता ५१ सय ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ३८ सय ७० र एन्टिजेन विधिबाट १२ सय ८३ जनामा कोरोना पुष्टि भएको हो।
सरकारले पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६५ वटा पिसिआर विधिबाट र ५६ सय ११ वटा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेको थियो।
मन्त्रालयका अनुसार यस्तै पछिल्लो २४ घण्टामा थप १०८ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको जम्मा संख्या ८ हजार ८९ पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।