लुम्बिनीमा नीति तथा कार्यक्रम विपक्षीले बहिष्कार गरे

लुम्बिनी प्रदेश सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई विपक्षी दलले बहिष्कार गरेका छन्। नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले संसदीय मर्यादाविपरीत वैशाख १९ गते विपक्षी दलका सांसदहरुमाथि सरकारले धरपकड गरेको भन्दै बहिष्कार गरेका बताए। 

प्रदेशसभामा विपक्षी ४ दलका सचेतक मात्रै पुगेका थिए अरु सबै सांसद बाहिरै बसे। प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादवनिकट जसपा र जनमोर्चाले विपक्षी गठबन्धन बनाएर मुख्यमन्त्री शंकर पोखरेलको विरोध गर्दै आएका छन् ।

विपक्षीको यो खेलले सरकारले पेस गरेको नीति तथा कार्यक्रम पास गर्न नदिने रणनीतिका रुपमा सत्तारुढ एमालेले बुझेको छ। वैशाख १९ मा पनि ४ दलका सचेतकले मुख्यमन्त्री शंकर पोखरेलको पुनर्नियुक्तिबारेमा प्रदेश प्रमुख धर्मनाथ यादवको भूमिकामा प्रश्न गरेका थिए। 





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १९:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया