भारतमा निजी अस्पतालले पाए कोरोना खोप लगाउने अनुमति

भारतले निजी अस्पतालहरुलाई कोरोना खोप लगाउने अनुमति दिएको छ । निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने अनुमति भारत सरकारले दिएको हो ।

भारत सरकारको अनुमति पाएसँगै अब भारतभरका निजी अस्पतालले सरकारले तोकेको शुल्क लिएर कोभिसिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भी भ्याक्सिन लगाउन पाउने भएका हुन् । 

स्वास्थ्य मन्त्रालयले विभिन्न खोप अनुसार त्यसलाई तिर्नुपर्ने शुल्कसमेत निर्धारण गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार निजी अस्पतालले कोभिसिल्ड भ्याक्सिनको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउनेछन् । 

त्यसैगरी, निजी अस्पतालले कोभ्याक्सिनको १ हजार ४१० र स्पुतनिक भी भ्याक्सिनको  १ हजार १४५ भारतीय रुपैयाँ लिन पाउने गरी स्वास्थ्य मन्त्रालयले शुल्क तोकेको समाचारमा उल्लेख छ । 

निजी अस्पताललाई खोपको अनुमति दिएसँगै भारतमा खोप अभियान तीव्र हुने बताइएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि दोस्रो प्रभावित मुलुक हो । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ९:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया