१२ वर्षभन्दा कम उमेरका बालबालिकामा खोप परीक्षण गर्दै फाइजर

अमेरिकी खोप कम्पनी फाइजरले आफूले विकास गरेको कोरोना विरुद्धको खोप १२ वर्षभन्दा कम उमेरको बालबालिकामा परीक्षण गर्ने भएको छ । 

फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गने भएको हो । यसअघि फाइजरको खोपले १२ वर्षभन्दा माथिका व्यक्तिमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ । 

फाइजरको खोपले अमेरिका, क्यानडा र युरोपियन युनियनमा १२ वर्षभन्दा माथिको व्यक्तिमा आपत्कालीन प्रयोगको अनुमति पाएको हो ।

अब फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यसको प्रभाव थाहा पाउन परीक्षण गर्न लागेको हो । जसका लागि ४ हजार ५०० बालबालिकामा परीक्षणको तयारी गरिएको कम्पनीले जनाएको छ । 

फाइजरले अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा बढी क्लिनिकहरूमा परीक्षणको तयारी गरेको जनाएको छ । जसमा १२ वर्षमुनिका ४ हजार ५०० बालबालिका सहभागी हुनेछन् । 

फाइजरले १ वर्षभन्दा माथि उमेरका व्यक्तिमा ३० माइक्रोग्राम डोजको खोप लगाउँदै आएको छ । तर, १२ वर्षमुनिका बालबालिकामा भने यसको डोज कम गर्ने उसले जनाएको छ । 



अब फाइजरले सुरक्षा र सहनशीलताको आधारमा ५ देखि ११ वर्षसम्मका बालबालिकामा १० माइक्रोग्राम डोज र ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि ३ माइक्रोग्राम डोजको खोप लगाउने तयारी गरेका छ । 



  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १०:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया