कोरोना विरुद्धको भ्याक्सिन लगाउनेलाई अमेरिकामा गाँजा उपहार

अमेरिकामा कोरोना विरुद्धको खोपमा जनचासो ल्याउन र खोप लगाउनेको संख्या बढाउनका लागि अनेक योजनाहरु सार्वजनिक भइरहेका छन् । जसमध्ये वासिङ्टन राज्यमा एउटा अनौठो योजना सार्वजनिक भएको छ । 

अमेरिकी मिडिया वासिङ्टन पोष्टका अनुसार अमेरिकाको वासिङ्टन राज्यको मदिरा तथा लागुपदार्थ बोर्डले कोरोना विरुद्धको खोप लगाउने २१ वर्ष उमेर कटेका हरेक नागरिकलाई एक खिल्ली गाँजा उपहार दिने योजना स्वीकृत गरेको छ । 

उक्त योजनाको नाम 'ज्वाइन्ट फर जाब्स' राखिएको छ । खोप अभियानमा सहभागीको संख्या बढाउनका लागि यस्तो अफर ल्याइएको समाचारमा उल्लेख छ । 

अमेरिकामा कोरोना खोप अभियान जारी रहेको भएपनि खोप लगाउनका लागि सर्वसाधारणले खासै रुचि देखाएका छैनन् । सबै नागरिकलाई खोपको लागि मञ्जुर गराउन विभिन्न राज्यले विभिन्न उपहार योजनाहरु लागु गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ११:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया