दुर्घटनामा परी आमाकाे मृत्यु, छाेरा घाइते

चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

दुर्घटनामा परी ना ३६ प २१९९ नम्बरको मोटरसाइकलमा सवार इच्छाकामना गाउँपालिका-२ निवासी ६० वर्षीया हस्तमाया मगरको घटनास्थलमै मृत्यु भएको हो । ​

हस्तमायाकै छोरा  ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ​

आमाछाेरा माेटरसाइकलमा उपरदाङ्गढीबाट शक्तिखाेरतर्फ आइरहेका थिए । जिल्लाको कालिका नगरपालिका-९ सुनखानीमा मंगलबार राति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १३:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया